मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या १५ पुग्याे, अहिलेसम्म नेपाली सुरक्षित

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या १५ पुगेकाे छ । नयाँ थप संक्रमितसहित संक्रमितको सङ्ख्या १६ सय २४ पुगेकाे छ ।

मलेसियन स्वास्थ्यमन्त्रालयका अनुसार अाज मङगलबार थप नयाँ १०६ मा संक्रमित पुष्टि भएपछि १६ सय २४ पुगेकाे हाे । करिब ५ लाख बढि नेपाली श्रमिक कार्यरत मलेसियामा अहिलेसम्म नेपालीमा संक्रमण नभएकाे नेपाली दुतावासले जनाएको छ । दुतावासका अनुसार अहिलेसम्म कुनै नेपालीमा संक्रमण भएकाे भनेर त्यहाँको सरकारले दुतावासलाई जानकारी दिएकाे छैन ।

काेराेना भाईरस (काभिड-१९) काे कारण विश्व भरि मर्नेको सङ्ख्या १६ हजार ५ सय ८६ पुगेकाे छ । सबैभन्दा बढि मर्नेको सङ्ख्या ईटलीमा ६ हजार ७७ रहेकाे छ । विश्वभरि संक्रमितको सङ्ख्या जम्मा ३ लाख ८३ हजार ९ सय रहेकाे छ । त्यस्तै १ लाख २ हजार ५ सय ३६ जनाकाे उपचार सम्भव भएकाे छ । सबैभन्दा बढि संक्रमित रहेकाे चीनमा सबैभन्दा बढि उपचार सफल भएको छ ।