मनकारि घरबेटी ,एक महिनाको घर भाडा मिनाहा

everest kitchen

काठमाडौं । काठमाडौंका एक घरबेटीले कोरोनाको संक्रमणका कारण डेरावालाहरु समस्यामा परेको भन्दै एक महिनाको घरभाडा मिनाहाको घोषणा गरेका छन् । काठमाडौं धापासी घर भएका मिनकुमार गुरुङ र नैनाकुमारी गुरुङले एक महिनाको भाडा नलिने बताएका हुन् ।

हाल उनीहरु दुबै यूकेमा छन् । स्थानीय प्रतिनिधिमार्फत उनीहरुले भाडा उठाउँदै आएका थिए । टेलिफोन गरेर एक महिनाको भाडा नलिने बताएको घरमा बस्दै आएका आरएल श्रेष्ठले जानकारी दिए ।

‘हामीले हरेक महिना उहाँहरुको बैंक खातामा जम्मा गर्ने गरेका थियौं, उहाँले फोन गरेर एक महिनाको हामी लिदैनौं, जम्मा नगर्नुस् भन्नुभयो’ श्रेष्ठले भने, ।

गुरुङ परिवारको साढे २ तला घरमा ५ परिवार बस्दै आएका छन् । घरमा ३ वटा व्यवसायिक सटरहरु पनि रहेका छन् । अनलाइन खबरबाट