नगरकोटमा रहेका होटललाई क्वारेन्टाइनस्थल बनाउने

everest kitchen

काठमाडौँ । सरकारले भक्तपुरको नगरकोटमा रहेका होटललाई क्वारेन्टाइनस्थल बनाउने भएको छ । काेभिड-१९ बिरुद्ध नयाँ बैकल्पिक क्वारेन्टाइनकाे रुपमा नगरकाेटका हाेटलहरुलाई प्रयाेग गरिने भएकाे हाे ।

क्वारेन्टाइनस्थल निर्माण एवं व्यवस्थापन कार्यदल संयोजक एवं पर्यटनमन्त्री योगेश भट्टराई, भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले बुधबार नगरकोटका होटल व्यवसायीसँग छलफल गरेको थियो । छलफलपछि त्यहाँका होटलहरुलाई क्वारेन्टाइन बनाउन व्यवसायीहरु तयारी भएका छन्।

कोरोना संक्रमण थप फैलियो भने नगरकोटमा करिब २ हजार जना राख्नेगरी तयारी भएको बताएको छ ।