काेराेना संक्रमणकाे कारण मर्नेकाे सङ्ख्या २१ हजार २ सय ९७ पुग्यो

everest kitchen


ऐजेन्सी । विश्व भरि महामारीको रुपमा फैलिएकाे काेराेना भाईरस (काेभिड-१९) काे कारण ज्यान गुमाउनेकाे सङ्ख्या २१ हजार २ सय ९७ जना रहेका छन ।

त्यस्तै हालसम्म ४ लाख ७१ हजार ७ सय ९४ जनामा संक्रमण देखिएकाे छ । यधपी अहिले मात्रै ३ लाख ३५ हजार ,७ सय ९४ जनामा संक्रमणले समाति रहेकाे छ । त्यस्तै करिब १५ हजार गम्भीर बिरामी रहेका छन ।

चीनकाे वुहानबाट फैलिएको काेराेना भाईरसका कारण ज्यान गुमाउनेहरुमा सबैभन्दा बढि ईटलीमा ७ हजार ५ सय ३ जना, स्पेनमा ३हजार ६ सय ४७ जना , चाईनामा ३ हजार २ सय ८७ जना त्यस्तै ईरान, फ्रान्स, अमेरिकामा पनि हजारौंले ज्यान गुमाएका  छन ।