मलेसियामा काेराेना संक्रमण बढदै, मृत्युु हुने २३ पुगे, संक्रमित २हजार बढी

everest kitchen

क्वालालम्पुर । काेराेना भाईरस (काेभिड-१९) काे संक्रमण मलेसियामा दिनानुदिन बढदै गएकाे देखिन्छ । बिहीबार सम्ममात्रै मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या २३ पुगेकाे छ ।

नयाँ थप संक्रमितसहित संक्रमितको सङ्ख्या २ हजार ३१ जना रहेका छन । संक्रमित निकाे हुनेमा अहिलेसम्म २ सय १५ जना रहेका छन ।

मलेसियन स्वास्थ्यमन्त्रालयका अनुसार अाज मङगलबार थप नयाँ १०६ मा संक्रमित पुष्टि भएपछि १६ सय २४ पुगेकाे हाे । करिब ५ लाख बढि नेपाली श्रमिक कार्यरत मलेसियामा अहिलेसम्म नेपालीमा संक्रमण नभएकाे नेपाली दुतावासले जनाएको छ । दुतावासका अनुसार अहिलेसम्म कुनै नेपालीमा संक्रमण भएकाे भनेर त्यहाँको सरकारले दुतावासलाई जानकारी दिएकाे छैन ।

काेराेना भाईरस (काभिड-१९) काे कारण विश्व भरि मर्नेको सङ्ख्या २१ हजार ५ सय २४ पुगेकाे छ ।