चिकित्सक संघकाे तत्काल आधारभूत स्वास्थ्य सामाग्री उपलब्ध गराउन माग

everest kitchen


काठमाडौं । नेपाल चिकित्सक संघले तत्काल आधारभूत स्वास्थ्य सामाग्री तत्काल उपलव्ध गराउन सरकारसँग माग गरेको छ ।

संघले विश्व स्वास्थ्य संगठन र नेपाल मेडिकल काउन्सिलले सिफारिस गरेबमोजिमका  आधारभूत स्वास्थ्य समाग्री तत्काल उपलव्ध गराउन सरकारसँग माग गरेको हाे । साथै संघले विज्ञप्तिमा उल्लेख गर्दै सरकारसँग स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको जीवन बिमा, स्वास्थ्य बिमा र विशेष बिमाको व्यवस्था गर्न समेत माग गरेको छ ।

आपतकालीन अवस्थामा आफ्नो ज्यानको बाजी लगाउँदै अहोरात्र खटिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरले आधारभूत सामाग्रीको माग गर्दा जिम्मेवार निकायबाट खिल्ली उडाउने काम भएको भन्दै दुःख समेत व्यक्त गरेको छ । यसअघि एक पत्रकार सम्मेलनमा याे पिपिई भनेकाे केहाे? मलाई त थाहा थिएन , घरमा बस्दा पनि याे लगाउनुपर्ने मान्छेहरुले साेचेका छन । भनेर स्वास्थ्यमन्त्रीले टिप्पणी गरेका थिए ।