अब बजारमा आधा सिलिन्डर ग्यास पाउने,काठमाडौंमा ६ सय ८७ रुपैंया ५० पैसा

everest kitchen


काठमाडौं । अबदेखि अाधा सिलिन्डर मात्रै ग्यास उपलब्ध हुने भएकाे छ । ग्यास उद्योगीहरुले आधा सिलिन्डर ग्यास भर्न थालेका छन् ।

नेपाल आयल निगमको निर्देशन अनुसार सबै ग्यास उद्योगीहरुले शुक्रबारदेखि आधा सिलिन्डर ग्यास भर्न थालेका छन । बुधबार नेपाल आयल निगमले र उद्योग मन्त्रालयका अधिकारी समेतको उपस्थितिमा उद्योगीसँग गरेको छलफलपछि  आधा सिलिन्डर ग्यास मात्रै बजारका पठाउन निर्देशन दिएको हाे । आधा सिलिन्डर ग्यास बितरण गर्दा सबैमा सहज उपलब्ध हुने बताएको छ ।

आधा सिलिन्डर ग्यासको मूल्य काठमाडौंमा ६ सय ८७ रुपैंया ५० पैसा पर्नेछ । पूर्वी तराईमा ६ सय ७७ रुपैंया ५० पैसा र पश्चिमी तराईमा ६ सय ७० रुपैंया मूल्य तोकिएको नेपाल आयल निगमले बताएको छ ।