विश्वभरि मर्नेकाे सङ्ख्या २७ हजार नाघेयाे, ईटलीमा एकैदिन ९ सय बढिकाे मृत्यु

everest kitchen


ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २७ हजार ३ सय ४१ पुगेकाे छ ।

अहिलेसम्म ५ लाख ९५ हजार ९ सय ५२ मा देखिकाे संक्रमणमध्य १ लाख ३३ हजार ५७ जनाले स्वास्थ्य लाभ गरेका छन । काेराेनाकै कारण सबैभन्दा बढि ईटलीमा मृत्यु भएकाे छ । ईटलीमा एकैदिन ९ सय १९ जनाकाे मृत्यु हुदा मर्नेको सङ्ख्या ९ हजार १ सय ३४ जनाकाे मृत्यु भई सकेकाे छ । ईटलीमा अझै साढे ६६ हजारमा संक्रमण सक्रिय देखिएकाे छ ।

सबैभन्दा बढि संक्रमित संयुक्तराज्य अमेरिकामा देखिएकाे छ । अमेरिकामा १ लाख ३७ सय २९ संक्रमित मध्ये अझै ९९ हजार ५ सय १४ जनामा संक्रमण सक्रिय देखिएकाे छ भने मर्नेको सङ्ख्या १६ सय ९३ पुगेको छ ।

विश्वभरि फैलिएको काेराेना संक्रमण नेपालमा बढदाे अवस्था देखिएकाे छ । नेपालमा हालसम्म ४ जनामा संक्रमण देखिएकाे छ ।