लकडाउन अवज्ञा विरुद्ध कडाइ , बिहानै २१० जना पक्राउ

everest kitchen

काठमाडौ । काेराेना राेकथाम तथा नियन्त्रण गर्न सरकारले चालेकाे लकडाउन अवज्ञा गर्नेहरु बिरुद्ध प्रहरीले कडाइ सुरु गरेकाे छ । काठमाडौं लगायत उपत्यकामा मात्रै लकडाउनकाे उलङघन गर्ने २१० जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

शनिबार बिहान ८ बजेसम्म मात्रै १० जना महिला सहित अनावश्यक बाहिर निस्केका २१० जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे । यसका साथै लकडाउन अवज्ञा गर्ने ५ वटा चार पाङ्ग्रे गाडि र ७० वटा माेटरसाईकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सरकारले चैत ११ देखि १८ गतेसम्म काेहि कसैलाई अनावश्यक बाहिर ननिस्कन र घरमै बस्न अनुरोध गरेकाे थियाे । अहिलेसम्म नेपालमा चार जनामा संक्रमण देखिएकाे छ भने एक जना निकाे भ‌ सकेका छन ।