कोभिड-१९रोकथाम र नियन्त्रणका लागि समाजवादी पार्टीले १० लाख दिने

everest kitchen

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि समाजवादी पार्टी नेपालले १० लाख रुपैयाँ दिने भएकाे छ । सरकारले स्थापना गरेको कोषमा पार्टीले एकमुस्ट १० लाख रुपैयाँ दिने भएकाे हाे ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गर्दै पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सांसद तथा जनप्रतिनिधिको आधा महिनाबराबरको तलब तथा पार्टी कार्यकर्ता तथा शुभेच्छुकको सहयोगसमेत गरी एकमुस्ट १० लाख रुपैयाँ रकम दिने उल्लेख गरेका छन ।

सरकारले स्थापना गरेकाे काेराेना राेकथाम तथा नियन्त्रण काेषमा बिभिन्न व्यक्ति , समुदाय , पार्टी र संघसंस्थाले सहयोग गर्ने जनाएका छन ।