पैसा नपाएपछि अस्पतालले शव फाेहाेरमा फाल्याे, पैसा उठाएर शब निकालियाे

everest kitchen
photo : arjun kafle

माेरङ । फागुपुर्णिमाकाे दिन कुटपिटबाट घाइते भएका एक युवाकाे मृत्यु भएपछि अस्पतालले शव फाेहारमा फालेकाे खबर बाहिरिएकाे छ ।

मोरङ्ग पथरीशनिश्चरे नगरपालिका–१० निवासी दीपक लिम्बुको बिराटनगरस्थित बिराट अस्पतालमा उपचारकै क्रममा मृत्यु भएपछि उपचारमा लागेकाे खर्च अस्पतालले नपाएपछि शव फाेहाेरमा राखिदिएकाे हाे । दुई दिनसम्म फोहोर फाल्ने ठाउँमा वेबारिसे बनेको शवलाई गाउँलेहरुले पैसा उठाएर शनिबार दाहासंस्कार गरेकाे त्यहाँ स्थित पत्रकार अर्जुन काफ्लेले जानकारी दिए ।

लिम्बूको उपचारका क्रममा ३ लाख ८० हजार रुपयाँ बिल उठेकाे बताउदै अस्पतालले पैसा तिर्न भनेकाे थियाे । यधपी मृतकको परिवारकाे अार्थिक अवस्था कम्जाेर रहेकाेले बिल तिर्न सकेकाे थिएन । स्थानीय केहि युवाहरु सुमन कुरुम्बाङ, गणेश थक्लुङ, जीवन खतिवडा, प्रेम ढकाल, केशव कुरुङ्बाङ, बसन्त मादेन, वीरबहादुर बस्नेत लगायतकाे सक्रियतामा रकम जम्मा गरि अस्पतालकाे विल तिरेर शव दाहासंस्कार गरेकाे बताएको छ ।

मृतक दिपकलाई कुटपिट गर्ने तीन जनामध्ये एक जना मात्रै पक्राउ परेका छन । मृतक दिपक स्वास्थ्यमन्त्री भानुभक्त ढकालकाे निर्वाचन क्षेत्रका हुन ।