मलेसियामा मर्नेकाे सङ्ख्या २७ पुग्यो, युएईमा दुई नेपालीमा संक्रमण

everest kitchen


ऐजेन्सि । मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या २७ पुगेको छ । हालसम्म संक्रमितको सङ्ख्या पनि बढेर २३ सय २० पुगेकाे छ ।

मलेसियामा काेराेना संक्रमितमध्यबाट ३सय २० जनाले स्वास्थ्य लाभ लिएपछि अहिले सक्रिय संक्रमितकाे सङ्ख्या १९ सय ७३ रहेकाे छ । यधपी करिब पांच लाख बढि नेपाली कार्यरत मलेसियामा अहिलेसम्म कुनैपनि नेपालीमा संक्रमणकाे पुष्टि भएकाे छैन ।

त्यस्तै यूएईमा थप २ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा २ जना नेपालीसहित ७२ जना नयाँ संक्रमित फेला परेको उल्लेख छ । योसंगै यहाँ कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५सय ६२ पुगेको छ । केहि समयअघि २ जना नेपालीमा संक्रमण देखिएपनि उनिहरुले स्वास्थ्य गरिसकेका छन ।

धेरै जसाे विदेशमा वस्ने नेपालीलाई काेराेना संक्रमण देखिएकाे छ भने अहिलेसम्म नेपालमा देखिएकाे पाँचौ संक्रमितसम्म सबै विदेशबाट फर्केकाहरु रहेका छन । यस्तै काेराेनाकाे कारण लण्डन र अमेरिकामा दुईजना नेपालीले ज्यान गुमाएका छन ।