छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता दोवरा खाद्यान्न सामग्री बितरण

everest kitchen

कृष्ण गुप्ता

वीरगंज । लकडाउनकाे आज छौठो दिन पर्साकाे ग्रामिण भेग मा छिपहरमाई गाउँपालिका अध्यक्ष दोव्रा खाद्यान्न सामग्री बितरण। पर्साकाे ग्रामिण भेगकाे छिपहरमाई गाउपालिका।

अति बिपन्न र दैनिक ज्यालादारी गर्ने मजदुर , असहाय जनतालाई भोकमरीको शिकार हुनबाट बच्न प्रत्येक घरधुरीलाई खाधान्नको ब्यवस्था गरेका छन ।

गरिब कामदार परिवारलाई १० किलाे चामल,३ किलाे अालु पियाज,साेयाबिन ५००ग्राम ,तेल ५००ग्राम ,नुन १ किलाे काे दरले बितरण तथा २० बेड काे कराेना पिडित बिरामी काे अस्पताल तयारीमा ।

विश्ब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अहिले आम मानिसलाई त्रासपूर्ण जिवन बिताउन बाध्य बनाएको छ । यस्तो त्रासका बिच पर्साको छिपहरमाई गाउँपालिकामा बिभिन्न जनचेतना मूलक कार्यक्रम गरि गाउँपालिकाका सम्पूर्ण वडाहरुमा आम जनतालाई सचेत गराई रहेको छ ।

गाउँपालिकामा पर्ने जतिपनि सिमानाकाहरुमा उच्च निगरानी राखी हेल्प डेस्क द्वारा स्वास्थ्यकर्मि संग उच्च सतर्कतासाथ बाहिरबाट आउने मानिसलाई स्वास्थ्य परिक्षण गरी मात्र गाउँपालिकामा प्रवेश गराई रहेको छ । यसका बावजुद पनि कोहि बाहिर वा बिदेशबाट लुकिछिपी गाउँपालिकामा आएको ब्यक्तिलाइ पहिचान गाउँपालिका अध्यक्ष वा सम्बन्धित निकायलाई खबर गर्दा गाउँपालिकाले पुरस्कारको घोषणा गरेको छ ।

विश्वभर महामारीको रुपमा लिएको कोरोना भाइरसबाट गाउँपालिकाका कोहि पनि जनता यसको सम्पर्कमा नआउन दिन यस्तो कडा कदम चालेको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले बताए । यसका साथै आफनो गाउँपालिकाको एम्बुलेन्स सेवा पूर्णरपमा निःशुल्क र २४ सै घण्टा जनतालाई सेवा दिने र गाउँपालिकाले चढने गाडी समेत चलाउन घोषणा गरेका छन सुबाश साह ले बताए का छन।