काेराेना सम्बन्धि जनचेतनामूलक प्रचारमा हिडेका वडाअध्यक्षकाे दुबै खुट्टा भांचियाे

everest kitchen


काठमाडौ । जाजरकोटकाे छेडागाड नगरपालिका-११का वडाअध्यक्षमा सांघातिक हमला भएकाे छ । वडाअध्यक्ष चक्रबहादुर सिंहमाथि केहि अपरिचित हुलले कुटपिट गरेका हुन ।

शुक्रबार वडा कार्यालयमा काेराेना भाईरसबाट कसरि बच्ने-बचाउने विषयमा छलफलपछि गाउँ प्रचारप्रसारमा हिडेका अध्यक्ष सिंहमा अाक्रमण भएकाे बताएको छ । वडाकै झार्पा स्थित अपरिचित व्यक्तिहरुकाे समुहले वडाअध्यक्षलाई कुटपिट गरि दुबै खुट्टा भांचेर छाेडेकाे बताएको छ ।

वडाअध्यक्ष सिंहकाे अहिले उपचार भैरहेकाे र घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेकाे प्रहरीले बताएको छ ।