काेभिड-१९ काे कारण मलेसियामा मर्नेकाे सङ्ख्या ३४ पुग्याे

everest kitchen

क्वालालम्पुर । काेराेना भाइरस (काेभिड-१९) काे कारण मलेसियामा मर्नेकाे सङ्ख्या ३४ पुगेको छ । अाईतबार थप ७ जनाका मृत्यु भएसंगै मर्नेकाे सङ्ख्या ३४ पुगेकाे हाे ।

करिब ५ लाखबढि नेपाली रहकाे मलेसियामा अहिलेसम्म कुनै नेपालीमा संक्रमणकाे पुष्टि नभएपनि संक्रमितकाे सङ्ख्या भने बढदाे अवस्थामा रहेकाे छ । मलेसियामा २ हजार ४ सय ७० जनामा अहिलेसम्म संक्रमण पुष्टि भएकाे छ भने ३ सय ८८ जनाले स्वास्थ्य लाभ गरेका छन ।

विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ३१ हजार २७ रहेकाे छ भने संक्रमितको सङ्ख्या ६ लख ६८ हजार ३ सय ६ रहेकाे छ ।