नेपालमा पनि थप १४ दिन लकडाउन थप्ने तयारी

everest kitchen


काठमाडौं । काेराेना राेकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिले १४ दिन लकडाउन थप्ने निर्णय गरेकाे छ । समितिको आईतवार बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सो समितिको लकडाउन ७ देखि बढीमा १४ दिन थप्ने निर्णय गर्दै यो प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ।  मन्त्री परिषदकाे आज बस्ने बैठकले यसबारे निर्णय गर्ने बताएको छ । यसअघि चैत ११ देखि ११ गतेसम्मकाे लागि लकडाउन गरिएकाे थियाे ।

नेपालमा काेराेना जाेखिम देखिएकाे र अहिलेसम्म ५जनामा संक्रमण पुष्टि भएकाे कारण लकडाउन थप्न उपयुक्त हुने समितिले जनाएको छ ।