मलेसियामा भिषा सकिएका र टिकट रद्ध भएकाले अप्रिल २ भित्र फारम भर्नुपर्ने

everest kitchen

क्वालालम्पुर । मलेसियामा भिसा अवधि सकिएका नेपाली श्रमिकले आउँदो बिहीबारसम्म जानकारी गराउन मलेसियामा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

मलेसियाले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि १८ मार्चदेखि १४ अप्रिलसम्म लकडाउन गरेकाले यो अबधीमा नेपाल फर्कन नपाएका र भिसा सकिएका नेपाली नागरिकले दूतावासमा अप्रिल २ स्थानीय समय अनुसार बिहीबार दिउँसो १ बजेसम्म जानकारी गराउन दूतावासले सुचना निकाली जानकारी दिएकाे छ ।

जानकारीका लागि अनलाइमार्फत पनि आवेदन भर्न सकिने दूतावासले बताएको छ ।

अनलाइन आवेदन लागि eonkualalumpur@@mofa.gov.np समेत विवरण पठाउन सकिने दूतावासले जनाएको छ ।

अनलाइनमार्फत आवेदन भर्न नसक्नेले ६०१६२४७२७७७ मा ह्वाट्स्एअप मार्फत आफ्नो विवरण पठाउन सकिने पनि उल्लेख गरिएकाे छ ।

निवेदकले पासपोर्टमा उल्लेख भएको आफ्नो नाम, पासपोर्ट नम्बर, मोबाइल नम्बर, मलेसियन भिसाको किसिम र मलेसियामा कार्यरत भए कम्पनीको नाम र फोन नम्बरसहित लेखी पठाउनु पर्नेछ ।