बिरामी नजाँची फर्काउने अस्पतालहरुकाे ईजाजत खारेज हुने

everest kitchen


जनकपुर । प्रदेश २ सरकारले बिरामी नजांची फर्काउने निजी अस्पताल तथा नरसिङहाेमकाे ईजाजत खारेज गर्ने भएकाे छ

काेराेना संक्रमणकाे त्रासले अहिले निजी अस्पतालहरुले बिरामीहरु नहेर्ने कार्य निरन्तर बढेपछि यस्ताे निर्णय लिएकाे हाे । विरामी नहेर्ने त्यस्ता अस्पतालहरुकाे ईजाजत रद्ध गर्न प्रदेश २ का आठै वटा जिल्ला प्रशासनलाई निर्देशन दिईएकाे छ ।

साथै मुख्यमन्त्री लालबाबु राउतले आठै जिल्लाका सुरक्षा निकाय प्रमुखलाई बाेलाेयर लकडाउन समिक्षा समेत गरेका थिए । साे अवसरमा राज्यको सुविधा लिएर संकटको बेलामा बदमासी गर्ने जो–कोहीलाई पनि कारबाहि गर्ने  बताउदै त्यस्ता संस्थाकाे सिफारिस गर्न भनेका छन ।