रुकुम चट्याङ लागेर १३ वर्षीया बालिकाको निधन, ४ जना घाईते

everest kitchen


रुकुम पश्चिम । पश्चिम रुकुममा बुधबार साँझ चट्याङ लागेर एक जनाको ज्यान गएको छ । चट्याङ लागेर १३ बर्षीया निर्मला खत्रीको ज्यान गएकाे छ भने ४ जना घाईते भएका छन ।

रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा नम्बर-४ दम्दु टाेलमा रहेकाे गंगाराम खडकाकाे घर नजिकै चट्याङ पर्दा बुढा मावली घर आएकी रोल्पा गंगादेव गाउपालिकाकी १३ वर्षकी निर्मला खत्रीकाे ज्यान गएको स्थानीय रामजी बांठा मगरले जानकारी दिए ।
मृतक निर्मलाको घटना स्थलमै निधन भएको छ भने अन्य  ८जना घाईते भएकाे बताएको छ ।

घाईतेहरु मध्य केहिकाे स्थानीय स्वास्थ्य चाैकी खुम्चेरिमा प्राथमिक उपचार गरिएकाे छ भने एक जना घाईते गर्भवती महिलालाई भने जिल्ला अस्पताल सल्ले लगएकाे स्थानीयले जानकारी दिएका छन ।