नेपाल वायुसेवा निगमको वाइडबडी अस्ट्रेलियाको ब्रिसबेनतर्फ उड्यो

everest kitchen

काठमाडौँ । लकडाउनका कारण नेपालमा अलपत्र परेका अस्ट्रेलियाली र न्यूजील्यान्‍डका पर्यटक तथा पिआरबाहक नेपालीलाई लिएर नेपाल वायुसेवा निगमको वाइडबडी विमान बधुबार साँझ ६ बजे अस्ट्रेलियाको ब्रिसबेनतर्फ उडेको छ । टिकट बिक्री गर्ने जिम्मा पाएको बोन ट्राभलका सञ्‍चालक रमेश पौडेलका अनुसार जहाजमा २ सय ५० यात्रु छन् ।

वाइडबडीमा न्युजिल्यान्डका २३ जना छन् भने बाँकी सबै अस्ट्रेलिया जाने यात्रु छन्। ‘झापादेखि भैरहवासम्मका नेपाली पिआरवाल र लकडाउनका कारण अलपत्र परेका अस्ट्रेलियालीसहित २ सय ५० जना यात्रु उडेका छन्’ पौडेलले भने। यो उडान कूटनैतिक पहलबाट गरिएको भए पनि अस्ट्रेलियाली दूतावासले १० वर्षदेखि उसँग काम गर्दै आएको बोनलाई यसमा सामेल गराएको छ।

सरकारले लकडाउनमा व्यावसायिक उडानलाई रोकेको छ। तर, कूटनैतिक नियोगलगायतका उद्धार उडान र मानवीय सहायताका उडानलाई भने खुला गरेको छ।

आज उडेको वाइडबडी काठमाडौंबाट मलेसियाको क्‍वालालम्पुर पुग्ने छ। त्यहाँ इन्धन भरेर स्थानीय समयअनुसार राति ब्रिसबेनतर्फ उड्ने छ। ब्रिसबेनमा दिउँसो पुगेर त्यहाँबाट भोलि मलेसियाको क्लालालम्पुर हुँदै राति काठमाडौं आइपुग्ने छ।