मलेसियामा अर्का एक नेपालीमा काेराेना देखियाेे

everest kitchen


काठमाडौँ । मलेसियामा अर्काे एक नेपालीमा काेराेना संक्रमण देखिएकाे छ । सुगाईबुलाे स्थित एक कम्पनिमा कार्यरत झापाका एक युवामा काेराेना संक्रमण देखिएकाे हाे ।

संक्रमित बिरामी सुगाईबुलाे अस्पतालमा उपचार भईरकाे नेपाली दुतावास मलेसियाका द्धितिय सचिव महेश त्रिपाठीले बताए । उनका अनुसार बिरामीको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेकाे छ । बिरामीलाई तीन दिन अघि कम्पनीले नै अस्पताल भर्ना गरेकाे थियाे । मलेसिया सरकारले स्वदेशी तथा बिदेशीलाई पनि निशुल्क उपचार गर्ने बताए अनुसार उनकाे पनि निशुल्क उपचार भैरहेकाे त्रिपाठीले बताए ।

यसअघि मलेसियाकै पेनाङमा एक नेपाली काेराेनाकाे आशंकामा उपचारार्थ रहेका छन ।

काेराेना भाइरस (काेभिड-१९) काे कारण मलेसियामा मर्नेकाे सङ्ख्या ५० पुगेको छ । बुधबार थप ५ जनाकाे मृत्यु भएसंगै मर्नेकाे सङ्ख्या ५० पुगेकाे हाे । मलेसियामा ३ हजार १सय १६ जनामा अहिलेसम्म संक्रमण पुष्टि भएकाे छ भने ७ सय ३७ जनाले स्वास्थ्य लाभ गरेका छन ।