विश्वभरि मर्नेकाे सङ्ख्या ५३ हजार बढि,१० लाख बढी संक्रमित

everest kitchen


ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ५३ हजार १ सय ६७ पुगेकाे छ ।

अहिलेसम्म १० लाख १५ हजार ५९ मा देखिकाे संक्रमणमध्य २ लाख १२हजार ३५ जनाले स्वास्थ्य लाभ गरेका छन । काेराेनाकै कारण सबैभन्दा बढि ईटलीमा मृत्यु भएकाे छ । ईटलीमा मर्नेको सङ्ख्या १३ हजार ९सय १५ जनाकाे मृत्यु भई सकेकाे छ । ईटलीमा १ लाख १५ हजार बढिमा देखिएकाे संक्रमणमध्य अझै ८३ हजार बढिमा संक्रमण सक्रिय देखिएकाे छ ।

सबैभन्दा बढि संक्रमित संयुक्तराज्य अमेरिकामा देखिएकाे छ । अमेरिकामा २ लाख ४२हजार ८ सय ७७ जना संक्रमित मध्ये अझै २लाख २८ हजार ४सय ४जनामा संक्रमण सक्रिय देखिएकाे छ भने मर्नेको सङ्ख्या ६ सय ७० पुगेको छ ।

विश्वभरि फैलिएको काेराेना संक्रमण नेपालमा बढदाे अवस्था देखिएकाे छ । नेपालमा हालसम्म ६ जनामा संक्रमण देखिएकाे छ । १ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । संक्रमित मध्य दुईजना काठमाडौं ,एक जना धनगढी र दुई जना बागलुङमा रहेका छन ।