स्वास्थ्य सामाग्री तथा उपकरण खरिदकाे जिम्मा नेपाली सेनालाई

everest kitchen


काठमाडौ । सरकारले काेराेना संग लडन अत्यावश्यक पर्ने स्वास्थ्य सामाग्री तथा उपकरण ल्याउने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेकाे छ ।

सरकारले निजी कम्पनी ओेम्नीमा मार्फत यसअघि चीनबाट सामाग्री खरिद गर्ने प्रक्रिया अघि बढाएपनि उक्त कम्पनीले समयमै सामाग्री उपलब्ध गराउन नसकेकाे भन्दै सम्झौता खारेज गरेकाे थियाे । यधपी उक्त ठेक्का सम्झौतामा अनियमितता भएकाे भन्दै टिप्पणी पनि उठने गरेका छन ।

उपप्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय समिति बैठकले मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयलाई आधार बनाउँदै अब स्वास्थ्य सामाग्री खरिद गर्न सेनालाई जिम्मा दिने निर्णय गरेकाे स्राेतले जानकारी दिएकाे छ । जि टु जी प्रक्रिया बाट काम अघि बढाउने सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।