नेपालमा साताैं काेराेना संक्रमित भेटिए

everest kitchen

काठमाडौं । नेपालमा कोरोना भाईरस (काेभिड-१९) का सातौं संक्रमित फेला परेका छन् । कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले जानकारी दिए । यधपी याे तीन चरणमा पाेजेटिभ देखिनुपर्छ तर याे पहिलोपटक पाेजेटिभ देखिएकााे बांकी टेष्ट पनि पाेजेटिभ देखियाे भने संक्रमित पुष्टि हुने ।

यसअघि नेपालमा ६ जनामा काेराेना संक्रमण देखिएकाेमा पहिलो संक्रमितकाे उपचार पछि घर फर्कि सकेका छन भने चारजनालाइ आईसाेलेसनमा राखेर उपचार गरिदै छ । त्यसमध्य दाेस्राे ,पाँचौं र छैटौं संक्रमित कतारकाे दाेहाबाट एउटै फलाईटमा नेपाल आएका थिए ।