नायक पल शाहकाे दैनिक ज्यालादारीमा जीवनयापन गर्ने प्राबिधिकहरुलाई ५ लाख सहयोग

everest kitchen

काठमाडौं । नायक पल शाहले चलचित्र क्षेत्रमा पनि काेराेनाकाे व्यापक असर परेकाेले दैनिक ज्यालादारीमा काम गरेर जीवनयापन गरिरहेका प्राबिधिकहरुलाई पाँच लाख सहयाेग गर्ने भएका छन।

उनले फेसबुकमा स्टाटस लेख्दै यस्ताे घाेषणा गरेका हुन ।
विपन्न तथा अार्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूकाे जनजिवनलाई सहज बनाउनकाे लागि आफुले सहयोग गर्न लागेकाे पलले उल्लेख गरेका छन ।

साथै उनले सहयाेग वितरण कार्यमा चलचित्र प्रविधिक संघ नेपाल (NEFTA) ले सहजिकरण गर्न अनुरोध गरेका छन ।त्यस्तै यसअघि दिपकराज गिरिकाे टिमले पनि १ लाख १० हजार सहयोग गर्ने घाेषणा गरि सकेका छन ।