ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ५९ हजार १ सय ९३ पुगेकाे छ ।
अहिलेसम्म १० लाख ९९ हजार ५ सय ७२ मा देखिकाे संक्रमणमध्य २ लाख २८ हजार ९सय ३८ जनाले स्वास्थ्य लाभ गरेका छन । काेराेनाकै कारण सबैभन्दा बढि ईटलीमा मृत्यु भएकाे छ । ईटलीमा मर्नेको सङ्ख्या १४ हजार ६ सय ८१ जनाकाे मृत्यु भई सकेकाे छ । ईटलीमा १ लाख १९ हजार बढिमा देखिएकाे संक्रमणमध्य अझै ८५ हजार बढिमा संक्रमण सक्रिय देखिएकाे छ ।
सबैभन्दा बढि संक्रमित संयुक्तराज्य अमेरिकामा देखिएकाे छ । अमेरिकामा २ लाख ७७ हजार ४ सय ६७ जना संक्रमित मध्ये अझै २ लाख ५७ हजार ७ सय ८२ जनामा संक्रमण सक्रिय देखिएकाे छ भने मर्नेको सङ्ख्या ७ हजार ४सय २पुगेको छ ।
विश्वभरि फैलिएको काेराेना संक्रमण नेपालमा बढदाे अवस्था देखिएकाे छ । नेपालमा हालसम्म ६ जनामा संक्रमण देखिएकाे छ । १ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । संक्रमित मध्य दुईजना काठमाडौं ,एक जना धनगढी र दुई जना बागलुङमा रहेका छन ।