विश्वभरि मर्नेकाे सङ्ख्या ५९ हजार बढि,धन्नै ११लाख संक्रमित

everest kitchen


ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ५९ हजार १ सय ९३ पुगेकाे छ ।

अहिलेसम्म १० लाख ९९  हजार  ५ सय ७२ मा देखिकाे संक्रमणमध्य २ लाख २८ हजार ९सय ३८ जनाले स्वास्थ्य लाभ गरेका छन । काेराेनाकै कारण सबैभन्दा बढि ईटलीमा मृत्यु भएकाे छ । ईटलीमा  मर्नेको सङ्ख्या १४  हजार ६ सय ८१ जनाकाे मृत्यु भई सकेकाे छ  । ईटलीमा १ लाख १९ हजार बढिमा देखिएकाे संक्रमणमध्य अझै ८५ हजार बढिमा संक्रमण सक्रिय देखिएकाे छ ।

सबैभन्दा बढि संक्रमित संयुक्तराज्य अमेरिकामा देखिएकाे छ । अमेरिकामा  २ लाख ७७ हजार ४ सय ६७ जना संक्रमित मध्ये अझै २ लाख ५७ हजार ७ सय ८२ जनामा संक्रमण सक्रिय देखिएकाे छ भने मर्नेको सङ्ख्या ७ हजार ४सय २पुगेको छ ।

विश्वभरि फैलिएको काेराेना संक्रमण नेपालमा बढदाे अवस्था देखिएकाे छ । नेपालमा हालसम्म ६ जनामा संक्रमण देखिएकाे छ । १ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । संक्रमित मध्य दुईजना काठमाडौं ,एक जना धनगढी र दुई जना बागलुङमा रहेका छन ।