एनआरएन दक्षिण काेरियाले खरिद गरेकाे स्वास्थ्य सामाग्री कहिले आउछ?

everest kitchen


दक्षिण काेरिया । गैरआवसीय नेपाली संघ (एनआरएन) दक्षिण काेरियाकाे सक्रियतामा खरिद गरिएकाे ४ हजार काेराेना भाईरस परिक्षण सामाग्री नेपाल पठाउन समस्या भएकाे संघले बताएको छ । संघले एक जानकारी पत्र सार्वजनिक गर्दै सामान खरिद गरिएपनि साैल -काठमाडौंकाे काेरियन एअरकाे चार्टर्ड उडान निश्चित नहुदा सामाग्री पठाउन नसकिएकाे बताएकाे छ ।

त्यस्तै संघले दक्षिण काेरिया सरकारले काेराेना परिक्षण सामाग्रीहरु विदेश निर्यातमा प्रतिबन्ध लगाएकाे कारण किट किनेर बांकी रकमबाट चीनमा सामान खरिद गरेकाे बताएको छ । संघले चीनमा पिपिई सेट-२ हजार थान, एननाईन्टि फाइभ मास्क -१० हजार थान, सर्जिकल मास्क २० हजार थान, पाेर्टेक्टिङ भाईजर र सुरक्षा चस्मा २/२ हजार थान, पञ्जा १० हजार थान र थर्माेमिटर ५ सय खरिद गरेकाे र यी सामाग्री अप्रिल ४ मा नेपाल चाईना गाेन्जाउ बाणिज्य दुतावासलाई हस्तान्तरण गरिने बताएको छ । दुतावासले नेपाल एअरलाईन्सकाे चार्टर्ड बाट नेपाल पठाउने छ ।

साथै एनआरएन दक्षिण काेरियाले सहयोगमा जाेडिने सबैलाई धन्यवाद दिदै सहयोग रकम र खरिद बिलहरु सार्वजनिक गर्ने प्रतिबद्धता जनाएकाे छ ।