अझै साइत कुर्ने कि व्यापक परिक्षणमा लाग्ने ? : काङ्ग्रेस

everest kitchen


काठमाडौं । काङ्ग्रेसले सरकारलाई प्रश्न गरेकाे छ । प्रवक्ता विश्वप्रकास शर्माद्धारा जारि बिज्ञप्तिमा भनिएकाे छ :”
सरकार ! अझै साइत कुर्ने कि व्यापक परिक्षणमा लाग्ने ?
चीनको सफलताबाट सिक्ने कि कतिपय देशको झैं भयावह स्थिति प्रतीक्षा गर्ने ?

कैलालीमा एक स्थानीय महिलामा कोरोना संक्रमण देखिएको बिषयलाई तत्काल गम्भीरतापूर्वक लिएर परिक्षणको ब्यापकता बढाउन नेपाली कांग्रेसले सरकारलाई अनुरोध गरेकाे छ । ती महिलाले संक्रमण कहिँ बाहिरबाट लिएर आइनन्, हाम्रो गम्भीर सतर्कता नपुग्नुको परिणाममा उनी संक्रमित बन्न पुगिन् । समयमै दोहोरो अन्तर्राष्ट्रिय उडान रोक्ने, बाहिरबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र परिक्षणको दायरा विस्तार गर्ने कार्य गरेको भए खतराको आकार बढेर जाने थिएन विज्ञप्तिमा भनिएकाे छ ।

त्यस्तै काङ्ग्रेसले संक्रमिसंग घुलमिल भएका परिवारजन, साथी समुहको परिक्षण तत्काल गर्न माग गरेकाे छ । काङ्ग्रेसले विज्ञप्तिमा भनेकाे छ;” बाहिरबाट आएका सबै नेपालीलाई तत्काल अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्न स्थानीय प्रशासन मार्फत कार्यनयन गर्न माग सरकारले गति बढाओेस ।