एक स्थानीयतह देखि अर्काे स्थानीयतहमा जान नपाईने

everest kitchen


काठमाडौं । सरकारले लकडाउनकाे अवधिमा थप कडाइ गर्ने निर्णय गरेकाे छ ।

शनिबार बसेको मन्त्रीपरिषदकाे बैठकले लकडाउनलाई कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

सरकारले काेराेना भाईरस राेकथाम तथा नियन्त्रण गर्नकाे लागि चैत ११ गतेदेखि २५ गते राति १२ बजेसम्म लकडाउन घाेषणा गरेकाे छ । यधपी लकडाउन थप्ने कि नथप्ने भन्ने बारे मन्त्रीपरिषदले निर्णय गर्न बांकी रहेकाे खतिवडाले बताए ।