ईट्टाभट्टाकाे पाेखरिमा डुबेर एक पुरुषको मृत्यु

everest kitchen

भक्तपुर । भक्तपुरकाे चाँगुनारायण नगरपालिका -८ सुडतलमा पाेखरिमा डुबेर एक पुरुषको मृत्यु भएकाे छ ।

चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर उदयपुर गाईघाट नगरपालिका–४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको गए राति मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीले पोखरीबाट शव झिकेर परीक्षणका लागि भक्तपुर अस्पताल पठाएको र घटना बारे अनुसन्धान सुरु गरेकाे महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।