युएईकाे दुबईमा दुईसाताकाे लागि लकडाउन

everest kitchen


ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे प्रकाेप नियन्त्रण तथा राेकथाम गर्न युएईकाे दुबईमा दुईसाताकाे लागि लकडाउन गरिएको छ ।

दुबईमा अप्रिल ४ शनिबार देखि लकडाउन सुरु भएकाे स्थानीय सञ्चारमाध्यमले जनाएका छन । लकडाउनकाे अवधिमा अत्यावश्यक कामबाहेक सर्वसाधारण घरबाहिर निस्किन पाउने छैनन् । स्वास्थ संस्था, औषधि पसल, खाद्य सामाग्री आपूर्ति केन्द्र, औषधि कारखाना, एयरपोर्ट, टेलिकम्युनिकेसन,मिडिया लगायतका महत्त्वपूर्ण क्षेत्रहरु भने संचालन हुने बताएको ।

यसका साथै रेष्टुरेन्टले खाना डेलिभरि गर्न पाउने छन भने
बैंकिङ्ग, पानी, ग्यास लगायतका क्षेत्रहरु पनि चल्नेछन ।

यस्तै महत्त्वपूर्ण क्षेत्रमा कार्यरत कामदारहरुको सहजताका लागि दुबईको सडक तथा यातायात प्राधिकरणले निशुल्क सार्वजनिक बस संचालन गर्ने जनाएको छ।