एनआरएन अष्ट्रेलियाकाे राहतको लागि अनलाइन फर्मा

everest kitchen

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले काेराेना संक्रमणबाट प्रभावित भएका व्यक्तिहरुको सहयोगका लागि अनलाइन फर्मको ब्यबस्था गरेको छ। हाल सम्म ८०० जनाको सहयोगका निम्ति आवेदन प्राप्त भएको छ। यी मध्ये २०० जनालाई प्रतिव्यक्ति ४० डलरका दरले एक हप्तालाई पुग्ने खाना आपूर्ति गरिसकेकाे एनआरएनए अष्ट्रेलियाले जनाएको छ। यो सहयोगकाे शिलशिला अन्य व्यक्तिहरुलाई पनि समेटिँदै जाने संघले बताएको छ।

एनआरएनए अष्ट्रेलियाले कोभिड १९ संक्रमणका समयमा थुप्रै गतिबिधिहरु गरेको बताएको छ । संघले राहत निर्माण समिति गठन गरेको छ। समितिमा नेपाली दूतावास संरक्षक र एनसीसी अष्ट्रेलियाका अध्यक्ष संयोजक रहेका बताएको छ । समितिमा १५ वटा स्थानीय संघ-संस्था उपसंयोजक तथा अन्य १५० स्थानीय संघ संस्थाहरु सदस्य रहेकाे उप संयाेजक कृष्ण केसीले जानकारी दिए ।

यसैगरी संघले २० हजार डलरको राहत कोष स्थापना गरेको छ भने काेषमा रकम थप हुने क्रम जारि रहेकाे बताएको छ । यसअघि संघले नेपालमा पीपीई लगायत अत्यावश्यक सामग्री पठाउनको लागि रु ५ लाख अन्तर्राष्ट्रिय समन्वय परिषदको राहत कोषमा योगदान गरि सकेकाे उपसंयाेजक केसीले बताए ।