दिल्लीमा ५ हजार नेपालीको बिचल्ली

 

नयाँदिल्ली । पहिला रोगको अब भोकको डर ! राजधानी दिल्ली सहित सम्पूर्ण भारतमा नेपालीहरु कोरोना रोग भन्दा पनि यसले सिर्जना गरेको त्रासले उत्पन्न भएको समस्यामा रुमल्लिएका छन् । भारतमा ‘लकडाउन’ गर्नु पहिलेदेखिनै होटेल, सपिङमल व्यापार मन्दीमा चुर्लुम डुबेका थिए । मन्दीको मार साथै कोरोनाको भयले नेपालीहरुमा आफ्नो र परिवारका लागि असुरक्षा उत्पन्न हुनु स्वभाभिक नै हो ।

एक दिने जनता कफ्र्यु लागु हुने घोषणा भए लगतै मजदुर वर्ग नेपालीहरु आफ्नै देशमा गरि खाने र मर्ने अवस्था भएपनि आफ्नै देशमा मर्ने उद्देश्यले देश फर्किए । तर, यात्रा नसकिँदै भारत पूर्णरुपमा ‘लकडाउन’ भयो र नेपाली जनता भारतका विभिन्न राज्यमा अलपत्र भए ।

भारत यस्तो देश हो जहाँ नेपालपछिको सबै भन्दा बढी नेपाली नागरिक कामका शिलशिलामा यहाँ आएका हुन्छन् । नेपालीहरुको बिडम्बना ९ सय ५ नेपाली भारतमा चौकीदार, ठेला पसल, होटेल र कारखानामा कार्यरत छन् । ‘लकडाउन’ हुना साथ राजधानी दिल्लीको अनाद्विहार बस अड्डामा बाहिरी राज्यदेखि आएका नेपालीहरुको एपिक सेन्टर भयो । एक्कासी हजारौ नेपाली दिल्लीको रोडमा पुलिसको लाठी खाँदै भागा–भाग गरे ।

येति धेरै नेपालीहरुको जमघट त्यो पनि कफ्र्यु लागेको बेला नेपाली दूतावासले सोचेकै थिएन । विदेशी भूमी, सीमित साधन कफ्र्युको बेला हजारौ पीडितहरुको सहयोगका लागि फोन कल, संस्थाहरुको दवाबले साँझ हुदा हुदा दूतावासले एन. ओ. सी. लेटर लिएर आए र उक्त स्थानमा भएका नेपालीहरुलाई नेपाल बोर्डरसम्म पु¥याउने कार्यमा संघ÷संस्थाहरुको महत्वपूर्ण योगदान रहेको थियो ।

समस्या समाधान भै जस्तै लाग्योे र दूतावासले पनि राहतको श्वास लियो । तर, ठुलो समस्याले सबैलाइ टुलु–टुलु हेरी रहेको थियो । आन्दविहार बस अड्डामा ‘अफ्रा–तफ्री’ हँुदा बेङ्गलौरदेखि आएका धेरै नेपाली दिल्लीकोको ठाउँ–ठाउँमा विस्थापित भए र उसै दिन भारतीय प्रधानमन्त्री मोदीले २१ दिनको ‘लकडाउन’को घोषणा गरे । विरानो राज्य, नचिनेका मान्छे बेङ्गलौरदेखि आएका नेपालीहरु ठुलो समस्यामा परे । न गाँस न बस्ने बास दूतावासको मौन अवस्थाले पीडितहरुमा रुवावासी सुरु भयो ।

केहि हदसम्म दिल्ली एन. सी. आरमा सक्रिय संघ/संस्था र नेपाली समाजसेवीको पहलमा पीडित नेपालीहरुलाई उनकै स्थानमा सहयोग पु¥याउने र व्यवस्थापन गर्नेकाम भयो । तर, समस्या केहि समयका लागि अस्थाई समाधान हो स्थाई होइन । रात दिन दूतावालाई फोन गर्ने, सामाजिक सञ्जालमार्फत भन्ने न भन्ने शब्द प्रयोग भए, तर पनि दूतावासको निद्रा खुलेन । सुरुमा बाहिरी राज्यदेखि आएका मात्रै पीडित थिए । तर, समस्या जस्ताको तैस्तै हँुदा समस्याहरु बढदै गए ।

बाहिरी राज्यका पीडित छँदै छन् अब दिल्लीमा बसोबास गर्ने मजदुर वर्ग पनि पीडितवर्गमा परिवर्तन भएका छन् । बाहिरी राज्यको त कुरै नगरांै दिल्लीमा मात्रै पीडितहरु हजारौमा छन् । अबको समस्या संघ/संस्थाद्वारा समाधान हुने देखिएको छैन । राज्य सरकारको दूतावासमार्फत हस्तक्षेप नभए समस्याको समधान हुदैन ।

उत्तरप्रदेश र बोर्डरमा आइसोलेशनमा बसेका नेपालीहरु १५ दिन पश्चात चिकित्सा परीक्षण हुने हो र नेपाल प्रवेशका लागि स्वीकृत हुनेछन । तर, दिल्लीसहित भारतका विभिन्न राज्यमा लुकी–लुकी बसेका नेपालीहरुको बारेमा दूतावासले कुनै चासो लिएको छैन । उनीहरुको मेडिकल जांच र आइसोलेशनको व्यवस्थामा सरकार किन मोन बसेको छ ? आफ्नै अन्तरिक समस्यामा अल्मलिएको सरकारले दिल्लीको समस्या समाधान गर्छ भन्नु मुर्खता हो ।

नेपाल सरकारले विज्ञप्ति मार्फत जो व्यक्ति जहाँ छन सोही स्थानमा बस्ने आदेश दिएको छ । सरकारलाइ थाह छैन बाहिरी राज्यदेखि आएका नेपाली कहाँ बस्ने र के खाने । गास, बासको व्यवस्था सरकारले नै गर्नु पर्ने हो । दिल्लीमा अलपत्र ५ हजार नेपालीलाइ १५ दिन नेपाल सरकारले गासको व्यवस्था गर्न सक्दैन र ?

अमेरिका जस्तो देश आफुनै कोरोन भाइरसमा चुर्लुम डुबेको छ । तर, पनि उसले आफ्नो देशका नागरिकलाई विश्वको जुनसुकै स्थानबाट पनि उद्दार गरि रहेको छ । नेपालका राजनीतिक प्रमुखहरुले विकसित देशमा नेपालीहरुको खोज खबर त गरिरहेका छन् तर देशको दुइ कदम बोर्डरमा नेपालीहरुको आवाजलाइ सुनेको छैन । कतै भारतमा मजदुर वर्ग हुनाले सरकार को वेवास्ता गरेको त होइन ?

दूतावासले पीडितहरुको आवाज नसुने पनि दिल्लीमा संघ/संस्थाहरुको हातेमालो देखिएको छ र उनीहरुले विभिन्न ठाउँमा सहयोग गरि रहेका छन् र हेल्पलाइनका लागि आफ्नो सम्पर्क नम्बरसम्म दिएका छन् । हरियाणा, गुरुग्राममा कान्तिपुर र सगरमाथा गेस्ट हाउस संचालकले पीडित नेपालीहरुको समूह र भारतीयहरुलाई उनिहरुकै स्थानमा गएर १० दिनसम्मका लागि चामल, दाल, पिठोका साथै पानी र रोडमा भएका गरिब बेसहाराहरुलाई तयार खाना वितरण गरेका छन् र गुरुग्राममा कुनै पनि नेपालीहरुलाइ खाद्यान सामग्री आवश्यकता परे आफ्नो नम्बरसम्म डिसी नेपाल मिडियालाइ उपलब्ध गराएका छन् । उनले आवश्यक परे ८८६०५६६४०१ नं.मा फोन गर्न समेत आग्रह गरेका छन् ।

दिल्लीको विभिन्न स्थानमा प्रवासी नेपाल मित्र मंच, हाम्रो स्वभिमान ट्रष्ट र नेपाल सुदूरपश्चिम युवासमाज भारतले पनि पीडितकै स्थानमा गएर पीडितहरुलाई खाद्यान सामग्री दिएका छन् । साथै दलित एकता संजाल भारतले पनि पीडितहरुको १५ जना र २५ जनाको समूहलाई केहि दिनको खाद्यान सामग्री उपलब्ध गराएका छन्।

बेङ्गलौरमा सक्रिय संस्था सुदूरपश्चिम जनकल्याण नेपाल भारत ट्रष्टले पीडितका नजिक भएको खाद्यान किराना पसलमालाई अनलाइन पेमेन्ट गरि सामग्री पीडितसम्म प¥याएका छन्। साथै सुदूरपश्चिम प्रवासी जन उत्थान समाज भारतले पनि पीडितहरुलाई अनलाइन रकम मार्फत सहयोग पु¥याएका छन् । याँहा धेरै समाजसेवी र संघ/संस्थाहरुको नाम छुटेको छ । उनीहरुले निरन्तररुपमा पीडितहरुलाई सहयोग गरिरहेका छन् । समाजसेवी र संघ संस्थाहरुको काम नै समाजमा सहयोग पु¥याउने हो तेसकारण नामभन्दा पनि पीडित वर्गका लागि निरन्तर सेवा गर्न हामी हार्दिक अनुरोध गर्दछौ । भरत पाैडेल/डिसिनेपाल