विश्वभरि मर्नेकाे सङ्ख्या ६९ हजार बढि,ईटलीमा सुधार अमेरिकामा बढदाे

everest kitchen


ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ६९ हजार ७४ सय ९८ पुगेकाे छ ।

अहिलेसम्म १२ लाख ७४ हजार ९ सय ३८मा देखिकाे संक्रमणमध्य २ लाख ६५ हजार ८ सय ८३ जनाले स्वास्थ्य लाभ गरेका छन । काेराेनाकै कारण सबैभन्दा बढि ईटलीमा मृत्यु भएकाे छ । ईटलीमा मर्नेको सङ्ख्या १५ हजार ८ सय ८७ जनाकाे मृत्यु भई सकेकाे छ । ईटलीमा १ लाख २६ हजार बढिमा देखिएकाे संक्रमणमध्य अझै ८८ हजार बढिमा संक्रमण सक्रिय देखिएकाे छ ।यधपी ईटाली र स्पेनमा तुलनात्मक रुपमा पछिल्लोपटक गम्भीर बिरामीको सङ्ख्यामा कमी र मृत्यु दरपनि घटेर आएसंगै केहि राहत महशुस भएकाे छ ।

सबैभन्दा बढि संक्रमित संयुक्तराज्य अमेरिकामा देखिएकाे छ । अमेरिकामा ३ लाख ३६ हजार ८ सय ५१ जना संक्रमित मध्ये अझै ३ लाख ९ हजार २ सय ५४ जनामा संक्रमण सक्रिय देखिएकाे छ भने मर्नेको सङ्ख्या ९ हजार ६ सय २० पुगेको छ ।

विश्वभरि फैलिएको काेराेना संक्रमण नेपालमा बढदाे अवस्था देखिएकाे छ । नेपालमा हालसम्म ९ जनामा संक्रमण देखिएकाे छ । १ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । संक्रमित मध्य दुईजना काठमाडौं ,४ जना धनगढी र दुई जना बागलुङमा रहेका छन । धनगढीमा पहिलोपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा काेराेना सरेकाे हाे ।