काेराेना संक्रमित बलिउड गायिका कनिका अस्पतालबाट डिस्चार्ज

everest kitchen

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि अस्पताल भर्ना भएकी बलिउड गायिका कनिका कपुर अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

बीबीसीका अनुसार, लगातार पछिल्लो दुई वटा पाँचौ र छैठौं रिर्पोट नेगेटिभ आएपछि उनी अस्पतालबाट घर गएकी हुन् । लखनउस्थित एसजीपीजीआई अस्पतालमा २० मार्चमा भर्ना भएकी कनिकाको लगातार चाैथाे रिपोर्ट पाेजेटिभ आएकाे थियाे । उनी १४ दिनसम्म घरमै बस्नुपर्नेछ ।

अस्पताल बसाईकाे क्रममा असन्तुष्ट रहेकी कनिकाले अस्पतालले राम्राे सेवा नदिएकाे र काेराेना रिपोर्टमा सन्तुष्ट थिएनिन भने अस्पतालले आवश्यकता भन्दा बढि सुबिधा खाेजेकाे आराेप लगाएको थियाे । यधपी लण्डनबाट फर्केकी कनिकाले कोरोना पुष्टि हुनुअघि विभिन्न पार्टीमा भाग लिएपछि उनको आलोचना भएको थियो ।