नेपालमा अझै एक साता लकडाउन थपियाे

everest kitchen


काठमाडौं । नेपालमा लकडाउन अझै एक हप्ता लम्बिने भएकाे छ । काेराेना संक्रमण राेकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले यस्तो निर्णयलाई आज बसेकाे मन्त्री परिषद बैठकले अनुमाेदन गर्दै बैशाख ३ गते सम्मका लागि लकडाउन घाेषणा गरेकाे हाे ।

सोमबार बिहान बसेको समितिको बैठकले लकडाउनलाई एक हप्ता लम्ब्याउने निर्णय गरेको थियाे । आज (सोमबार) दिउँसो चार बजे बसेकाे मन्त्रीपरिषद बैठकले उक्त यो निर्णयकाे अनुमोदन गरेकाे बताएको छ । चैत ११ गते देखि १७ गते सम्म ताेकिएकाे लकडाउन थप गर्दै चैत २५ सम्म सारिएकाेमा संक्रमितकाे सङ्ख्या बढेपछि लकडाउन थप गरिएकाेे बताएको छ ।

संक्रमितहरूको संख्या थपिइँदै जानु र विश्वका ठूला देशहरुमा समेत भयावह नराेकिएकाे अवस्थामा नेपालमा पनि लकडाउन लम्ब्याउनु पर्ने जनस्तरबाट पनि माग हुदै आएकाे थियाे ।