काेराेना उपचारमा खटिने निजी अस्पतालका चिकित्सककाे तलब भत्ता सरकारले व्यहाेर्ने

everest kitchen

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारमा खटिने निजी अस्पतालमा कार्यरत चिकित्सकलाई पनि सरकारि सरह भत्ता उपलब्ध गराउने भएकाे छ ।

निजि अस्पतालमा कार्यरत चिकित्सक  सरकारीमा आएर काम गरे सरकारी चिकित्सकसरह सेवा, सुविधा उपलब्ध गराउने निर्णय गरेकाे सरकारका प्रवक्ता एवं  अर्थमन्त्री डा: युवराज खतिवडाले जानकारी दिएका हुन ।

उनका अनुसार सरकारि अस्पतालमा आएर काेराेना सम्बन्धि काम गरे सरकारि सेवा सरह सम्पुर्ण सुबिधा दिने र  निजी अस्पतालमै रहेर कोरोनाको उपचारमा संलग्‍न चिकित्सकहरुको भत्ता पनि सरकारले ब्यहोर्ने भएको हाे ।

त्यस्तै  कोरोनाको महामारीको लागि खटिने स्वास्थ्य स्वयंसेविकाहरुलाई सरकारले १५०० भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ।