विश्वभरि मर्नेकाे सङ्ख्या ७४ हजार बढि , गम्भीर बिरामी ४७ हजार बढी

everest kitchen

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ७४ हजार ७ सय ६७ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ४७ हजार बढि गम्भीर बिरामी रहेका छन ।

अहिलेसम्म १३ लाख ४७ हजार २ सय ३५ मा देखिकाे संक्रमणमध्य २ लाख ८६ हजार २ सय ३४ जनाले स्वास्थ्य लाभ गरेका छन । काेराेनाकै कारण सबैभन्दा बढि ईटलीमा मृत्यु भएकाे छ । ईटलीमा मर्नेको सङ्ख्या १६ हजार ५ सय २३ जनाकाे मृत्यु भई सकेकाे छ । ईटलीमा १ लाख ३२ हजार बढिमा देखिएकाे संक्रमणमध्य अझै ९३ हजार बढिमा संक्रमण सक्रिय देखिएकाे छ ।यधपी ईटाली र स्पेनमा तुलनात्मक रुपमा पछिल्लोपटक गम्भीर बिरामीको सङ्ख्यामा कमी र मृत्यु दरपनि घटेर आएसंगै केहि राहत महशुस भएकाे छ ।

सबैभन्दा बढि संक्रमित संयुक्तराज्य अमेरिकामा देखिएकाे छ भने पछिल्लो समय मर्नेकाे सङ्ख्या पनि बढदाे अवस्थामा छ । अमेरिकामा ३ लाख ६७ हजार६ सय२९ जना संक्रमित मध्ये अझै ३ लाख ३६हजार बढिमा संक्रमण सक्रिय देखिएकाे छ भने मर्नेको सङ्ख्या १० हजार ९ सय ४१ पुगेको छ ।

विश्वभरि फैलिएको काेराेना संक्रमण नेपालमा बढदाे अवस्था देखिएकाे छ । नेपालमा हालसम्म ९ जनामा संक्रमण देखिएकाे छ । १ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । संक्रमित मध्य दुईजना काठमाडौं ,४ जना धनगढी र दुई जना बागलुङमा रहेका छन । धनगढीमा पहिलोपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा काेराेना सरेकाे हाे ।