जापानमा पनि आपतकाल घाेषणा

everest kitchen


काठमाडौं । जापानमा टाेकियाे सहित सात प्रान्तमा आपतकाल घाेषणा गरिएकाे छ । जापानी प्रधानमन्त्री सिन्जो आबेले मंगलबार जापानको टोकियोसहितका सात प्रान्तमा एक महिना आपतकाल घोषणा गरेका हुन ।

जापानीज सञ्चारमाध्यमका अनुसार बुधबारदेखि लागू हुने गरी प्रधानमन्त्री सिन्जाे आबेले सात वटा प्रान्तमा आपतकाल घोषणा गरेका हुन् । जापानमा अप्रिल ८ देखि अप्रिल ६ सम्म आपतकालीन अवस्था रहेन बताएको छ । आपतकालीन अवस्थामा सार्वजनिक यातायात र आर्थिक गतिविधि भने चालु रहेने बताएको छ ।

जापानमा अहिलेसम्म ३ हजार ९ सय ६ जनामा संक्रमण देखिएकाे छ भने ९२ जनाले ज्यान गुमाएका छन ।