मलेसियामा काेराेना संक्रमणबाट मर्नेकाे सङ्ख्यामा लगातार सुधार,

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ६३ पुगेकाे छ । आज मङगलबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ६२ पुगेकाे हाे । तुलनात्मक रुपमा शुक्रबार , मङगलबारबाट मर्नेको सङ्ख्यामा सुधार आएकाे हाे ।

हालसम्म मलेसियामा ३ हजार ९ सय ७३ जनामा संक्रमण देखिएकाेमा १ हजार ३ सय २१ जनाले स्वास्थ्य लाभ गरेका छन । ९२ जना गम्भीर बिरामी रहेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ७५ हजार ७ सय ६२ रहेकाे छ भने संक्रमितको सङ्ख्या १३ लाख ५६ हजार ३ सय ८० जनामा संक्रमण रहेकाे छ । २ लाख ९० हजार ५ सय ७२ जनाले स्वास्थ्य लाभ गरेका छन ।

याे राेगबाट नेपालमा अहिलेसम्म ९ जनामा संक्रमण देखिएकाे छ भने १ जनाले स्वास्थ्य लाभ गरेका छन ।