जुम्ला । जुम्ला स्थित तीन स्थानमा घुम्ती शिविर सञ्चालन गरेर कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ।
भारत तथा तेस्रो मुलुकबाट आएका र तिनका परिवार सहित ३ सय २४ जनाकाेस्वाब संकलन गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्। भारत तथा अन्य मुलुकबाट आएका २ सय ५३ जना र बांकी उनीहरुका परिवारकाे सहित स्वाब सङकलन गरिएकाे हाे ।
केन्द्र सरकारको पहलमा हेलिकप्टर नै चार्टर्ड गरेर स्वाब संकलन गरिएको हो। काठमाडौंबाट गएकाे नेपाल प्रहरीको मेडिकल टोली र मेडिकल प्रतिष्ठानका टोलीले स्वाब सङकलन गरिएकाे बताएको छ ।
सरकारले कैलाली , कञ्चनपुरमा पनि काेराेना य्रापिड टेष्ट गर्नेगरि टाेलि खटाई सकेकाे छ भने बागलुङमा पनि तयारी थालेकाे छ ।