काेराेना परिक्षणकाे लागि जुम्लामा ३ सय २४ जनाकाे स्वाब परिक्षण

everest kitchen


जुम्ला । जुम्ला स्थित  तीन स्थानमा घुम्ती शिविर  सञ्चालन गरेर कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ।

भारत तथा तेस्रो मुलुकबाट आएका र तिनका परिवार सहित ३ सय २४ जनाकाेस्वाब संकलन गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्। भारत तथा अन्य मुलुकबाट आएका  २  सय ५३ जना  र बांकी उनीहरुका परिवारकाे सहित स्वाब सङकलन गरिएकाे हाे ।

 केन्द्र सरकारको पहलमा हेलिकप्टर नै चार्टर्ड गरेर स्वाब संकलन गरिएको हो। काठमाडौंबाट गएकाे नेपाल प्रहरीको मेडिकल टोली र  मेडिकल प्रतिष्ठानका टोलीले स्वाब सङकलन गरिएकाे बताएको छ  ।

सरकारले कैलाली , कञ्चनपुरमा पनि काेराेना य्रापिड टेष्ट गर्नेगरि टाेलि खटाई सकेकाे छ भने बागलुङमा पनि तयारी थालेकाे छ ।