विश्वभरि मर्नेकाे सङ्ख्या ८२ हजार बढि , संक्रमित १४ लाख बढी

everest kitchen
photo fille

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ८२ हजार  ७४ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ४७ हजार बढि गम्भीर बिरामी रहेका छन ।

अहिलेसम्म १४ लाख ३१ हजार  ६ सय ८९ मा देखिकाे संक्रमणमध्य ३ लाख २ हजार १ सय ४५ जनाले स्वास्थ्य लाभ गरेका छन । काेराेनाकै कारण सबैभन्दा बढि ईटलीमा मृत्यु भएकाे छ । ईटलीमा  मर्नेको सङ्ख्या १७ हजार १ सय २७ जनाकाे मृत्यु भई सकेकाे छ  । ईटलीमा १ लाख ३५ हजार  बढिमा देखिएकाे संक्रमणमध्य अझै ९४ हजार बढिमा संक्रमण सक्रिय देखिएकाे छ । त्यस्तै स्पेनमा १ लाख ४१ हजार बढि संक्रमित हुदा १४ हजार बढिले ज्यान गुमाएका छन ।

सबैभन्दा बढि संक्रमित संयुक्तराज्य अमेरिकामा देखिएकाे छ भने पछिल्लो समय मर्नेकाे सङ्ख्या पनि बढदाे अवस्थामा छ । अमेरिकामा  ४ लाख ४  सय १२ जना संक्रमित मध्ये अझै ३ लाख ६५ हजार बढिमा संक्रमण सक्रिय देखिएकाे छ भने मर्नेको सङ्ख्या १२ हजार ८ सय ५४ पुगेको छ ।

विश्वभरि फैलिएको काेराेना  नेपालमा हालसम्म ९ जनामा संक्रमण देखिएकाे छ । १ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । संक्रमित मध्य दुईजना काठमाडौं ,४ जना धनगढी र दुई जना बागलुङमा रहेका छन ।  धनगढीमा पहिलोपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा काेराेना सरेकाे हाे ।