नक्कली सेनिटाईजर बिक्रीवितरण गरेकाे अभियाेगमा एकजना पक्राउ

everest kitchen

भक्तपुर । भक्तपुरमा नक्कली सेनिटाईजर बिक्रीवितरण गरेकाे अभियाेगमा एकजनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

भक्तपुर नगरपालिका-१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली सेनिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका-३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई पक्राउ गरिएकाे प्रहरीले बताएको छ ।

नक्कली स्यानिटाइजर बिक्रीवितरण गरेको सूचनाको आधारमा मङ्गलबार औषधि व्यवस्था विभागका अधिकारी र प्रहरीकाे टाेलिले फर्मामा छापामार्दा नक्कली सेनिटाईजरसहित ओेझालाई पक्राउ गरेकाे हाे ।

उक्त फर्माबाट १४९ थान सेनिटाईजर जफत गरि अनुसन्धान अगाडि बढाईएकाे प्रहरीले बताएकाे छ ।