गाउँपालिकाले म्यादी प्रहरी भर्ति गरेर सुरक्षा दिने

everest kitchen
Photo fille

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)बाट बच्न गाउँपालिका भित्रिने नाकाको  सुरक्षा गर्न म्यादी प्रहरी भर्ना गर्ने भएको छ ।

सरकारले लकडाउनको समयमा एक जिल्लाबाट अर्को जिल्ला, एक स्थानीय तहबाट अर्को स्थानीय तह जान रोक लगाएपछि सोको कार्यान्वयन गर्न गाउँपालिकाले म्यादी प्रहरी भर्ना गरेर सुरक्षा दिन लागेको बताएको छ ।
गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै म्यादी प्रहरीका लागि इच्छुकले सम्पर्क गर्न सूचना जारी गरेको छ ।

त्यस्तै लकडाउनका बेला बन्द भएको आवागमनलाई ध्यान दिँदै गाउँपालिकाले नियमित औषधि सेवन गरिरहेकाहरुलाई अाैषधि उपलब्ध गराउने गरि नामावली सङ्कलन थालेको गाउँपालिका अध्यक्ष प्रेम कुमार राईले बताए ।