मलेसियामा काेराेना संक्रमणबाट मर्नेकाे सङ्ख्या ६५

everest kitchen

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ६५ पुगेकाे छ । आज बुधबार थप २ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ६५ पुगेकाे हाे । शुक्रबार र मङगलबार मर्नेकाे सङ्ख्यामा १/१ जना रहेका थिए भने बुधबार २ जनाले ज्यान गुमाएका हुन ।

हालसम्म मलेसियामा ४ हजार १ सय ११ जनामा संक्रमण देखिएकाेमा १ हजार ४ सय ८७ जनाले स्वास्थ्य लाभ गरेका छन । ७७ जना गम्भीर बिरामी रहेका छन भने बुधबार थप १ सय ५६ जना संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ८२ हजार ४ सय २१ रहेकाे छ भने संक्रमितको सङ्ख्या १४ लाख ३६ हजार ८ सय ४१ जनामा संक्रमण रहेकाे छ । ३ लाख ३ हजार ७ सय ३६ जनाले स्वास्थ्य लाभ गरेका छन ।

याे राेगबाट नेपालमा अहिलेसम्म ९ जनामा संक्रमण देखिएकाे छ भने १ जनाले स्वास्थ्य लाभ गरेका छन ।