न्युयोर्क। केेहि दिनअघि पारिवारिक स्राेतबाटै निधन भएकाे भनि श्रद्धाञ्जली समेत दिईएका निमा टेम्बा शेर्पा फेरि मुटु चलेकाे बताईएकाे थियाे । उनै निमाकाे मंगलबार बिहान सवा ५ बजे बजे न्युयोर्कको क्विन्सस्थित एल्मर्स्ट अस्पतालमा निधन भएको पारिवारिक स्राेतले बताएको छ।
उनकाे निधन पारिवारिक स्राेतले समेत पुष्टि गरेको छ भने अमेरिकास्थित नेपाली राजदूत अर्जुन कार्कीले समेत सामाजिक सञ्जालमार्फत निमाकाे निधन काेराेना भाईरसले भएकाे बताएका छन् । उनका अनुसार काराेनाका कारण अप्रिल ५ मा अजय छाेचुन, थाेक्मे बिष्ट , साेनाम लामाले ज्यान गुमाएको खबरसंगै निमाकाे पनि नाम जाेडिएकाे थियाे । यधपी पछि निमाकाे मुटुटस चलेकाे भन्दै निमालाई भेन्टिलेटरमा राखिएकाे थियाे ।
कोरोना संक्रमणबाट अमेरिकामा निधन हुने नेपाली मूलका मानिसको संख्या पाँच पुगेको छ। करिब ३२ करोड जनसंख्या भएको अमेरिकामा ४ लाखभन्दा बढीमा काेराेना संक्रमण पुष्टि भइसकेको छ। यहाँ मर्नेको संख्या करिब १३ हजार पुगेको छ भने २२ हजारभन्दा बढी निको भएका छन्।