मृत घाेषणापछि मुटु चलेका निमा टेम्बाको काेराेनाका कारण निधन

everest kitchen
ङिमा

न्युयोर्क। केेहि दिनअघि पारिवारिक स्राेतबाटै निधन भएकाे भनि श्रद्धाञ्जली समेत दिईएका निमा टेम्बा शेर्पा फेरि मुटु चलेकाे बताईएकाे थियाे । उनै निमाकाे मंगलबार बिहान सवा ५ बजे बजे न्युयोर्कको क्‍विन्सस्थित एल्मर्स्ट अस्पतालमा निधन भएको पारिवारिक स्राेतले बताएको छ।

उनकाे निधन पारिवारिक स्राेतले समेत पुष्टि गरेको छ भने अमेरिकास्थित नेपाली राजदूत अर्जुन कार्कीले समेत सामाजिक सञ्जालमार्फत निमाकाे निधन काेराेना भाईरसले भएकाे बताएका छन् । उनका अनुसार काराेनाका कारण अप्रिल ५ मा अजय छाेचुन, थाेक्मे बिष्ट , साेनाम लामाले ज्यान गुमाएको खबरसंगै निमाकाे पनि नाम जाेडिएकाे थियाे । यधपी पछि निमाकाे मुटुटस चलेकाे भन्दै निमालाई भेन्टिलेटरमा राखिएकाे थियाे ।

कोरोना संक्रमणबाट अमेरिकामा निधन हुने नेपाली मूलका मानिसको संख्या पाँच पुगेको छ। करिब ३२ करोड जनसंख्या भएको अमेरिकामा ४ लाखभन्दा बढीमा काेराेना संक्रमण पुष्टि भइसकेको छ। यहाँ मर्नेको संख्या करिब १३ हजार पुगेको छ भने २२ हजारभन्दा बढी निको भएका छन्।