विश्वभरि मर्नेकाे सङ्ख्या ८८ हजार बढि , स्पेनभन्दा अमेरिकामा बढिकाे मृत्यु

everest kitchen

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ८८ हजार ५ सय ५ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ४८ हजार बढि गम्भीर बिरामी रहेका छन ।

अहिलेसम्म १५ लाख १८ हजार  ७ सय ७३ मा देखिकाे संक्रमणमध्य ३ लाख ३० हजार ५ सय ८९ जनाले स्वास्थ्य लाभ गरेका छन । काेराेनाकै कारण सबैभन्दा बढि ईटलीमा मृत्यु भएकाे छ । ईटलीमा  मर्नेको सङ्ख्या १७ हजार ६ सय ६९ जनाकाे मृत्यु भई सकेकाे छ  । ईटलीमा १ लाख ३९ हजार  बढिमा देखिएकाे संक्रमणमध्य अझै ९५ हजार बढिमा संक्रमण सक्रिय देखिएकाे छ ।

सबैभन्दा बढि संक्रमित संयुक्तराज्य अमेरिकामा देखिएकाे छ भने पछिल्लो समय मर्नेकाे सङ्ख्या पनि स्पेन भन्दा बढि अवस्थामा रहेकाे छ । अमेरिकामा  ४ लाख ३५ हजार १ सय २८ जना संक्रमित मध्ये अझै ३ लाख ९७ हजार बढिमा संक्रमण सक्रिय देखिएकाे छ भने मर्नेको सङ्ख्या १४ हजार ७ सय ९५ पुगेको छ । त्यस्तै यसअघि अमेरिका भन्दा  स्पेनमा मर्नेकाे सङ्ख्या धेरै रहेकाे थियाे । सपेनमा १ लाख ४८ हजार २ सय २० काेराेना संक्रमित हुदा १४ हजमर ७ सय ९२ जनाले ज्यान गुमाएका छन ।

विश्वभरि फैलिएको काेराेना  नेपालमा हालसम्म ९ जनामा संक्रमण देखिएकाे छ । १ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । संक्रमित मध्य दुईजना काठमाडौं ,४ जना धनगढी र दुई जना बागलुङमा रहेका छन ।  धनगढीमा पहिलोपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा काेराेना सरेकाे हाे ।